१३१ औं मे दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

श्रमिकहरुको एकता, संघर्ष र बलिदानको गौरबशाली दिनको रुपमा रहेको मे दिवस आज विश्वभरी मनाइदै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन श्रमिकको अधिकारको रुपमा स्थापित गर्न सन् १८८६ को मे १ सम्पूर्ण श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेको छ । यस १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।
विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त भईरहेको र नेपाल पनि उच्च जोखिममा रहेको सन्दर्भमा गत चैत्र ११ देखि लगातार बन्दाबन्दी (Lockdown) मा रहेको अवस्था छ । सरकारले समयमा नै चालेका महत्वपूर्ण कदमका कारण नेपालमा नोवल कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको र संक्रमण देखिएका ५७ जना मध्ये १६ जना स्वास्थ्य लाभ गरी घर फर्कि सकेको अवस्थाले पनि विश्वका शक्तिशाली राष्ट्रहरुले ब्यहोर्नु परेको ठूलो क्षती ब्यहोर्नु परेको छैन । तथापी लामो बन्दाबन्दीका कारण सर्वसाधारण जनता र श्रमिकहरुले जीवनयापनमा पीडा र असहजता ब्यहोर्नु परेको अवस्था छ । यस विषम परिस्थितिमा सदा झैं सभा, समारोह गरी मे दिवस मनाउने अवस्था रहेको छैन । यस अवस्थमा श्रमिक तथा श्रमजिवी जनतामा परेको समस्या समाधान गर्न सरकारबाट उपयुक्त कदम अघि बढाउन अनुरोध गर्दछौं । सरकारद्धारा जारी गरिएको बन्दाबन्दीको पूर्ण पालना गर्न तथा आफू, परिवार र समाजलाई सुरक्षित राख्न सम्पूर्ण श्रमिकहरुमा अनुरोध समेत गर्दछौं ।
अहिले स्वास्थ्य, सुरक्षा तथा सरसफाई क्षेत्रमा कार्यरत श्रमिक पेशाकर्मीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । उहाँहरुको लगन, परिश्रम र समर्पणबाट अहिलेसम्म हामी नोवल कोरोना भाइरसबाट सुरक्षित रहन सकेका छौं । मे दिवसको यो अवसरमा कार्यक्षेत्रमा आफ्नो ज्यानलाई समेत प्रवाह नगरी अहोरात्र खट्नेसम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु, सरसफाई कार्यमा संलग्न हुने मजदुरहरु र यस कार्यमा सहजीकरण र सहयोग गर्ने सम्पूर्ण राष्ट्रसेवकहरु तथा स्वयमसेवकहरुको उच्च प्रशंसा गर्दै उहाँहरुप्रति धन्यबाद दिन चाहन्छौं । पुनः १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवस (1st May 2020) का अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।
२०७७ बैशाख १९ (1st May 2020)

विश्वनाथ प्याकुरेल
अध्यक्ष

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574