समृद्धि, सामाजिक न्याय र समाजवादका लागि साझा प्रतिवद्धता

सामाजिक न्यायमा आधारित लोकतन्त्रले मात्र आम नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने र समाजवादको स्थापनावाट मात्र सम्वृद्धि र सामाजिक न्याय प्राप्त हुने, विस्वास गर्ने हामी चारवटा ट्रेड युनियन महासङ्घहरुले हालै दुई ठूला वाम पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र वीच चुनावी गठवन्धन गर्ने र पार्टी एकिकरण गर्ने सम्मका निर्णय भएकोमा स्वागत गर्दै समाजवाद पक्षधर सवै वाम पार्टी वीच एकता र सहकार्यको लागि हार्दिक आह्वान गर्दछौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाका लागि २०७४ मंसिर १० र २१ गते हुने निर्वाचनमा वाम गठवन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्दछौँ । यस सम्वन्धम देहाय अनुसारको कार्य गर्ने प्रतिवद्धता जारी गरेका छौँ ।

१) आगामी मंसिर १० र २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका दलहरुलाई विजयी गराउन हामी महासङ्घ अन्तर्गतका सवै राष्ट्रिय संघ, प्रतिष्ठान र सदस्यहरुलाई परिचालन गर्ने ।

२) समाजवाद पक्षधर वामपन्थी पार्टीहरुवीच एकता र सहकार्यको आवश्यकतालाई मनन गर्दै उपयुक्त वातावरण वनाउन आवश्यक वैचारिक र सांगठनिक छलफल लाई अभियानको रुपमा लैजाने ।

३) हामी महासङ्घ अन्तर्गतका सम्पूर्ण संघ, प्रतिष्ठानहरुलाई समेत यस प्रतिवद्धता अनुसार सहकार्य र एकताको वातावरण तयार गरी आ–आफ्ना संघ र प्रतिष्ठानहरुमा अगाडी वढ्न आह्वान गर्ने ।

४) समाजवादका विरुद्ध अनर्गल प्रचार गर्ने प्रवृत्तिका विरुद्धमा व्यापक जनमत तयार गरी समाजवाद पक्षीय अभियान सञ्चालन गर्ने ।

५) निर्वाचनमा खटिएका करिव ६ लाख राष्ट्र सेवकको मताधिकार खोसिएकोमा खेद प्रकट गर्दै राष्ट्रसेवकको मताधिकार वहाल गर्न र विदेशमा श्रम गर्न वाध्य ६० लाख नेपाली श्रमिकहरुलाई समेत मताधिकार प्रयोग गर्ने उपयुक्त व्यवस्था मिलाउन निर्वाचन आयोग लगायत सम्वद्ध पक्षको ध्यानाकर्षण गर्ने ।

६) आगामी दिनमा हामी महासङ्घहरु वीचको सहकार्यलाई मजवुद वनाउँदै अगाडी वढ्ने ।

विश्वनाथ प्याकुरेल
अध्यक्ष, पेसागत महासङ्घ नेपाल
दयाराम वस्याल
संयोजक, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ
गंगाराम खड्गी
अध्यक्ष,नेपाल ट्रेड युनियन फेडरेसन
पुरुषोत्तम कार्की
कार्यालय सचिव, अखिल नेपाल ट्रेड युनियन महासङ्घ

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574