विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल सदस्यमा नेपालका खनाल निर्वाचित

काठमाडौं, २ कात्तिक – विश्व का प्रगतिशिल एबम समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तराष्ट्रिय संस्था विश्व ट्रेड युनियन महासंघ (डब्लु.एफ.टि.यु.) को प्रेसिडेन्सियल सदस्यमा नेपालका प्रेमलकुमार खनाल निर्बाचित भएका छन् ।

साउथ अफ्रीकाको डरबानमा गत अक्टोबर ५ देखि ९ सम्म चलेको १७ महाधिवेशनबाट बनेको ४७ सदस्यीय काउन्सिल सदस्य मा पेशागत महासंघ नेपाल (कोनेप)का बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल निर्वाचित भएका हुन् ।

विश्व का एक सय १२ देशका १५ सय प्रतिनिधिले भाग लिएको उक्त सम्मेलनमा नेपाल बाट पेशागत महासंघ नेपाल लगायत ८ वटा ट्रेड युनियन महासंघबाट गरि ४२ जना प्रतिनिधिले भाग लिएका थिए ।

नेपालका पेशागत महासंघ नेपाल(कोनेप), नेपाल ट्रेड युनियन फेडरेसन ( एन.टि.यु.एफ.), नेपाल राष्ट्रिय कर्मचारी महासंघ (नेफोन) नेपाल प्रगतिशिल ट्रेड युनियन महासंघ (फिनेपट), अखिल नेपाल ट्रेड युनियन महासंघ (आनटुक), नेपाल समाबेशी ट्रेड युनियन महासंघ ( एन.आई.टि.युफ.), राष्ट्रिय प्रजातानत्रीक ट्रेड युनियन महासंघ (एन.डि.फोनट.) र राष्ट्रिय प्रजातानत्रिक ट्रेड युनियन महासंघ (एन. डि.कोनट.) उक्त महासंघ मा आबद्ध रहेका छन् ।

१७ औं अधिबेशनले विश्व साम्राज्यबाद र पुंजीवादले श्रमजीवी बर्ग उपर सिर्जना गरेको युद्ध, हत्या, हिंसा, आतंक, गरिबी र बेरोजगारी बिरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

अधिबेशनले आगामी ५ बर्ष भित्र १० करोड सदस्य पु–याउने गरि संगठन बिस्तार को अभियान संचालन गर्ने, युबा र महिला केन्द्रित गतिबिधिहरुलाई सन्चालन गर्ने, नयाँ नयाँ क्षेत्रमा बिषयगत अन्तराष्ट्रिय टे«ड युनियन केन्द्र बनाउने, संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय श्रम संगठनमा (आई.एल.ओ.), बिश्व खाद्य संगठन, युनेस्को र बिश्व स्वास्थ्य संगठन मा कनसलटेटीभ सदस्यको हैसियतले प्रभाबकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

मंगलवार २ कात्तिक २०७३ मा प्रकाशित

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574