प्रेस विज्ञप्ती


पेसागत महासङ्घ नेपाल मुलुकको सार्वजनीक तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक पेसाकर्मीहरुको हक हित र अधिकारको संरक्षण संवर्धन र पेसागत मर्यादाका साथै जनताले अनुभूत गर्ने गरी मुलुकमा सुशासन कायम होस भन्ने चाहन्छ । त्यसैले महासङ्घले तदनुरुपका ऐन कानुनहरुको तर्जुमा र कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउर्दै आएको छ ।
लाखौ नेपाली जनताको योगदान र हजारौँ सहिदहरुको बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको छ । तदनुरुप संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान जारी भएको पनि करिव ७ वर्ष व्यतित भैसकेको छ । संविधानको मार्गदर्शन अनुरुप संघीय शासन प्रणालिको कार्यान्वयनको लागि सङ्घ प्रदेश र स्थानिय तहमा कर्मचारीहरुको व्यवस्थापन गर्न मार्गदर्शन दिने संघीय निजामती सेवा ऐन लगायतका कानुनहरु निर्माण हुन सकेका छैनन् । राष्ट्र सेवकहरुले समान स्तरमा रहेर पनि विभेद, अपमान र असमानताको अनुभूती गरिरहेका छन्, जसले गर्दा सेवा प्रबाहमा नकारात्मक प्रभाव परिरहेको छ । हाल एकीकृत सरकारी कर्मचारी संगठन नेपाल लगायत निजामती क्षेत्रमा कृयाशिल संयुक्त ट्रेड युनियन सञ्जालले उक्त कानुनहरुको निर्माण गरी जारी गर्ने सम्वन्धमा मागहरु राखी दबाबमुलक आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । अर्कोतिर जनतालाई गुणस्तरयुक्त पशुसेवा प्रदान गर्न महत्व राख्ने दर्तावाला पशुचिकित्सक बाहेकका पशुसेवामा संलग्न प्राविधिक तथा विशेषज्ञहरु लाई नियमन र व्यवस्थापन गर्ने विधेयक यथासिघ्र जारी गर्न माग गर्दै नेपाल पाराभेटेरेनरी एण्ड लाइभस्टक एशोसिएसन लगायतका पेसागत सङ्गठनहरुले संयुक्त आन्दोलन अघि वढाईरहेका छन् । यसै गरी नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयहरुमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधा तथा वृत्ति विकासको माग राखी आन्दोलन गरिरहेका छन् ।
उपरोक्त आन्दोलनहरुमा उठाईएका मागहरु श्रमिक पेसाकर्मीहरुका सेवासुविधा र वृत्ति विकास सँग मात्र सम्वन्धित नभई मुलुकको सुशासन र जनताले प्राप्त गर्ने गुणस्तरीय सेवा समेत सँग सम्वन्धित रहेका छन । तथापी ती जायज मागहरुका सम्वन्धमा राज्य पक्षबाट आन्दोलनरत पक्ष सँग छलफल अघि नबढाउनु दुखद विषय हो । त्यसैले उपरोक्त आन्दोलनरत पक्ष सँग सम्वाद गरी जायज मागहरुको संवोधन गर्न नेपाल सरकार तथा सम्वन्धित पक्ष सँग महासङ्घ जोडदार आग्रह गर्दछ ।
१५ भाद्र २०७९

रामप्रसाद रिमाल
महासचिव

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574