प्रेस विज्ञप्ती

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपबाट आम श्रमिक वर्ग प्रताडित भैरेको अवस्थामा कतिपय सरकारी तथा संस्थानमा विगत लामो समय देखि काम गर्दै आएका अस्थायी प्रकृतिका श्रमिक पेसाकर्मीहरुलाई रोजगारीबाट निस्काशन गर्ने सम्मका कार्य भएको भनी अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको पत्र मार्फत जानकारी हुन आएकोले महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
लामो समय देखि नेपाल सरकार मातहतका कार्यालयहरु तथा सरकारी सङ्घ संस्थाहरुमा ठूलो संख्यामा अस्थायी करार तथा ज्यालादारी प्रकृतिका श्रमिक पेसाकर्मीहरु काम गर्दै आएका छन् । उनिहरुको उर्वर जीवन अस्थायी प्रकृतिको काममा व्यतित भैरहेको छ । कतै स्थायी सेवामा प्रतिस्पर्धाबाट जाने अवसर आए पनि उमेर हदका कारण प्रायः उनिहरु सहभागी हुन सक्दैनन् । उनिहरु न्यून र असमान पारिश्रमिक सुविधामा काम गरिरहेका छन् । लामो प्रयत्न पश्चात् आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेत उनिहरु समेटिन सकेका छैनन् । समयसापेक्ष सेवा सुविधाको लागि उनिहरुको तर्फवाट उठाईएका माग सम्बोधनका सम्वन्धमा विभिन्न निकायबाट गरिएका निर्णय तथा आश्वासन कार्यान्वयन भएको पाइँदैन ।
विश्व महामारिको अहिलेको परिस्थितिमा राज्यले आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षा तथा रोजगारीका लागि जिम्मेवार बन्नु पर्नेमा कार्यरत श्रमिक पेसाकर्मीलाई रोजगारीबाट निस्काशन गर्नु दुखद विषय हो । त्यसैले अस्थायी करार तथा ज्यालादारी प्रकृतिका श्रमिक पेसाकर्मीहरुलाई रोजगारीबाट निस्काशन नगर्न, स्वास्थ्य वीमा लगायत सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न तथा उनिहरुका जायज मागलाई सम्बोधन गर्न नेपाल सरकार तथा सम्वन्धित निकाय सँग आग्रह गर्दछौँ ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574