प्रेस विज्ञप्ती 2023.04.30

अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day 2023) को पूर्व सन्ध्यामा मिति २०८० बैशाख १७ गते प्रज्ञाभवन कमलादीमा आगामी वजेटमा पेसाकर्मीहरुको सवाल सम्वन्धमा अन्तत्र्रिmया तथा नवनियुक्त माननीय मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम अध्यक्ष श्री प्रेमलकुमार खनालको अध्यक्षतामा तथा नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री मा.डा.बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. प्रकाश ज्वाला, राज्यमन्त्री मा. नन्दा चपाई तथा महासङ्घका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु र घटक संस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा महासङ्घको तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई बधाई पत्र सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा महासङ्घका अध्यक्ष श्री प्रेमलकुमार खनालले मे दिवसको अवसरमा सम्पूर्ण मजदुरहरुलाई शुभकामना दिनु हुँदै आगामी बजेटमा समावेश गर्नुपर्ने ५४ बुँदे आधारपत्र प्रस्तुत गर्नुभएको थियो । श्रमिक कर्मचारीहरुले प्राप्त गरेको संविधान प्रदत्त ट्रेड युनियन अधिकारलाई संकुचित गर्न तथा ट्रेड युनियन खारेज गर्नुपर्ने भनी संसद भित्र तथा बाहिर अभिव्यक्तिहरु आईरहेका छन् । यस्ता अभिव्यक्तिहरु प्रतिगामी सोच र चिन्तनको उपज भएकोले ट्रेड युनियन अधिकारहरुलाई सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउन सबैै ट्रेड युनियनकर्मीहरु एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रीक गणतन्त्रको संविधान जारी पश्चात आएका बजेटले संविधानले परिलक्षित गरेको राज्यका निर्देशक सिद्धान्त र जनताको मौलिक हकहरु शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीको दृष्टिबाट विगतमा प्रस्तुत गरिएका सरकारका नीति, कार्यक्रम र बजेटहरु कति प्रभावकारी भए समीक्षा गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।
आधारपत्र प्रस्तुत गर्दै अध्यक्ष खनालले कोभिड महामारी तथा रुस युक्रेन युद्ध लगायतका कारण मुलुकको अर्थतन्त्र यतिबेला चौपट्ट बनेको छ । नवउदारवादी अर्थनीतिको दुष्परिणाम यतिबेला अर्थतन्त्रमा देखापरेका छन् । आयातमा आधारित राजश्व प्रणाली छ । उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा तीब्र रुपमा बढ्दै गएको छ । पुँजीगत खर्च न्यून छ । साधारण खर्चको मात्रा बढ्दै गएको छ । न्यून आर्थिक बृद्वि, उच्च बेरोजगारी र गरिबी, बढ्दो महँगी, भ्रष्टाचार, आय असमानता, बढ्दो बैदेशिक एवम् राष्ट्रिय ऋणको शिरोभार आदि समस्याहरुका बीचमा सरकारले अवलम्बन गर्ने नीति, कार्यक्रम र बजेटले अर्थतन्त्रमा देखापरेका समस्यालाई सम्बोधन गर्न आबश्यक छ । अर्थतन्त्रलाई गतिशील बनाउदै संविधानले परिलक्षित गरेको समाजवादी अर्थनीतिको बाटोबाट मुलुकलाई अगाडि बढाउन बर्तमान सरकारले बजेट तर्जुमा गर्दा ध्यान दिन आवश्यक छ । उत्पादन, रोजगारी र राजश्व वृद्धि गर्ने ढंगले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा उच्च प्राथमिकता दिएर बजेट तर्जुमा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मा.डा. वेदुराम भुसालले कृषि उत्पादन बढाउन सिँचाई बढाउनु पर्ने, बाँझो जमिनलाई उर्बर बनाई उत्पादन बढाउन जोड दिने, बन क्षेत्र तथा नदी उकासको खाली जमिनमा कृषि कार्य गर्ने योजना अगाडी बढाउने, कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणको लागि कृषि एम्बुलेन्सको ब्यबस्था गर्ने, कृषिसँग जोडिएका अन्य मन्त्रालयसँग समन्वय गर्र्दै कृृषि शिक्षा तथा चेतनाको विकास गर्ने र कृषिलाई आययोग्य ब्यवसायको रुपमा विकास गरी विदेश पलायन हुने युवा श्रमशक्तिलाई कृषि पेसामा संलग्न गराई आत्मनिर्भर हुने योजना अगाडी सार्नेे र राष्ट्रिय श्रम आयोगको गठन गरी श्रमिकहरुका समस्या समाधान गर्ने तर्फ सरकारको ध्यान केन्द्रीत रहने विषय उल्लेख गर्नुभयो । कार्यक्रममा विशेष अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. प्रकाश ज्वालाले महासङ्घले आधारपत्रमा उठाएका विषयहरु स्वागतयोग्य रहेका न्यून आर्थिक स्रोेतका कारण सवै समस्याहरु एउटै बजेटबाट सम्बोधन गर्न सकिने अवस्था नरहेको र तीनै तहका सरकारबाट तयार हुने योजनाहरुमा दोहोरोपन नआउने गरी योजना छनौट गरिने र राष्ट्रिय प्राथमिकता प्राप्त ठूला योजनामा मात्र संघीय सरकारको वजेट केन्द्रीत रही मझौला तथा साना योजनाहरु प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने नीति अवलम्वन गरिने उल्लेख गर्दैै श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिँदै श्रमिकहरुले उठाएका सवालहरुलाई आगामी बजेटमा सम्बोधन गर्न प्रयत्न गरिने उल्लेख गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री मा. नन्दा चपाईले श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै श्रमिकको नाममा बिनियोजित बजेट गैह्र श्रमिकहरुले उपयोग गर्ने प्रचलनको अन्त्य गरिनुपर्ने उल्लेख गर्दै महासङ्घले आधारपत्रमा उठाएका सवालहरुप्रति गम्भीर रही कार्यान्वयनको बाटोमा अगाडी बढाउने विषय उल्लेख गर्नुभयो ।
कार्यक्रममा टिप्पणीकर्ताको रुपमा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. नरेन्द्र कटुवाल र अर्थशास्त्री डा. विजय पौडेलले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकर्ताहरुले आधारपत्रले धेरै विषय समेटेको र जनताका जनजिविकाको सवालहरुलाई सुत्रबद्ध गर्दै कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने र युवा श्रम शक्तिलाई रोजगारीको अवसर सृजना गर्दै विदेश पलायन हुनबाट रोक्ने योजना सहित कार्यान्वयन योग्य बजेट ल्याउन सरकारलाई सुझाव पेस गर्दै अन्तक्र्रियामा प्राप्त सुझावहरुलाई आधारपत्रमा समावेश गरी सरकारको ध्यानाकर्षण गराउनु पर्ने सुझाव दिनु भएको थियो ।
महासङ्घका बरिष्ठ उपाध्यक्ष श्री कृष्णमान श्रेष्ठले स्वागत तथा महासचिव राजन रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राप्त सुझाबहरुलाई आधारपत्रमा समावेश गरी समृद्ध गराउने प्रतिवद्धता सचित कार्यक्रममा महत्वपूर्ण समय दिने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत सहभागी सबैलाई धन्यवाद दिँदै अध्यक्ष प्रेमलकुमार खनालले कार्यक्रम समापन गर्नुभएको थियो ।

२०८० बैशाख १७
राजन रेग्मी
महासचिव





सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574