प्रेस विज्ञप्ती (२०७४-११-२५)

पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको पाचौं पूर्ण वैठक २०७४।११।२४ र २५ गते काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा ने क पा एमाले केन्द्रीय सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा राष्ट्रिय सभामा निर्वाचित महासंघकी उपाध्यक्ष क उदया शर्मा र ७ नं प्रदेश सभामा निर्वाचित उपमहासचिव क पूर्णा जोशी लगायत पेसागत क्षेत्रमा क्रियाशिल रहंदै हाल प्रतिनिधि सभा राष्ट्रिय सभा र विभिन्न प्रदेश सभा सदस्यमा निर्वाचित माननीय सदस्यहरुलाई महासंघको तर्फवाट बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । त्यसैगरी वैठकमा मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टले समसामयिक राजनीतिक विषयमा र पार्टी स्कूल विभागका सदस्य प्रा. डा. तत्व तिम्सिनाले Mind Mapping सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । चौथो पूर्ण वैठक पश्चात भएका सांगठनिक गतिविधिहरुको गम्भीर समिक्षा गर्दै सांगठनिक तथा आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । वैठकले आगामी चैत्र देखि जेष्ठ सम्म ३ महिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गर्दै निम्न वमोजिम समसामयीक प्रस्ताव समेत पारित गरेको छ ।

5th N.C. meeting Press release

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574