प्रेस विज्ञप्ती (२०७४-४-२७)

पेसागत महासङ्घ नेपाल महिला राष्ट्रिय समितिको आयोजनामा हरितालिका तीज २०७४ को पावन अवसर पारेर पेसागत भवन लैनचौरमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता महिला राष्ट्रिय समितिका प्रमुख उदया शर्माले गर्नु भएको थियो । “तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौतिहरु” विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार र सम्मानका साथै दर खाने कार्यक्रम समेत रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट राष्ट्रकविले हाम्रा धार्मिक साँस्कृतिक मूल्य मान्यताहरुलाई वैज्ञानिकीकरण गर्दै पुस्ताहरुमा हस्तान्तरण गर्नुपर्ने र मुलुकको स्वाधीनता, प्रजातन्त्र र समृद्ध संस्कृति निर्माण, विधिको शासनको रक्षा गर्ने कुरामा समेत पेसाकर्मीको सकारात्मक भूमिका रहनु पर्ने उल्लेख गर्नुभएको थियो । पेसागत महासङ्घको आगनमा सार्वजनिक क्षेत्रका चेलीहरु सँग बसेर शुभकामना दिने अवसर प्रदान गरेकोमा महासङ्घलाई धन्यवाद समेत दिनुभएको थियो । आफ्नो जीवन संगिनी महाकाली घिमिरे सँगै कार्यक्रममा आउनु भएका राष्ट्रकवि घिमिरेले वक्तृत्वकलामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल प्रतियोगीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा पेसागत महासङ्घ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले तीजको पावन अवसरमा सम्पूर्ण श्रमिक महिलाहरुलाई शुभकामना दिनुभएको थियो ।

औपचारिक कार्यक्रमको समापन पश्चात मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । पेसागत महासङ्घका उपमहासचिव पूर्णा जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा करिव ३५० भन्दा बढीको सहभागिता रहेको थियो । अपरान्ह १ः०० बजे देखि ५ः३० बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो ।

रामप्रसाद रिमाल
उपमहासचिव

मिति २०७४।४।२७

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574