प्रेस बिज्ञप्ति (२०७६-१२-६)

चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोना भाइरस (COVID-19) विश्वका विभिन्न देशहरुमा फैलिने क्रममा छ । विश्वमा हाल सम्म उक्त भाइरसवाट २ लाख ७ हजार भन्दा वढी मानिसलाइ संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिव देखिएको र निजले समेत स्वास्थ्य लाभ गरि सकेको र सो वाहेक हाल सम्म कसैलाइ पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारले समयमा नै देखाएको सजगता र आम नेपाली जनताका सामूहिक सतर्कताका कारणले विश्व भरी महामारिको रुपमा फैलिएको कोरोना भाइरस पूर्ण नियन्त्रण गर्न सफल एक मात्र देश नेपाल हुन गएको छ ।

यति हुँदा हुँदै पनि विश्वका शक्ति राष्ट्रहरुलाई समेत नराम्ररी पिरोली रहेको यस महामारीवाट वच्न अझै धेरै सजगता, संयम र सामूहिक प्रयासको आवश्यकता अझै रहि रहेको छ । यस सन्दर्भमा नोबेल कोरोना भाइरस सम्वन्धमा विभिन्न सञ्चार माध्यमका समाचार र यस सम्वन्धमा यथार्थ जानकारीको अभावका कारण आम जनमानसमा त्रास फैलिनु स्वभाविक छ । यस त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरुको कृतिम अभाब सृजना गरी कालोवजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सो वाट फाईदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनकालागि पेसागत महासङ्घ नेपाल नेपाल सरकार सँग अनुरोध गर्दछ । साथै यस त्रासदीपूर्ण अवस्थामा सरकारवाट जारी हुने निर्देशन तथा उपायहरुको पालना र उपयोग गर्दै आफू सुरक्षित रहने र सम्वद्ध सवै सँग हातेमालो गरी यस महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सवै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरुमा आह्वान गर्दछौँ ।
साथै कोरोना भाइरस फैलिएका देशहरुमा काम गर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहल गरी उपयुक्त कदम चाल्नका लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं । आफ्नो कार्यक्षेत्रमा रहेका श्रमिक पेसाकर्मीहरुलाइ उच्च सतर्कताका साथ काम गर्न तथा अवस्थामा सुधार नआउँदा सम्म राष्ट्रिय स्तरका ट्रेड युनियन संङ्घ संगठनहरुलाई ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर वाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन अनुरोध गर्दछौँ ।

२०७६ चैत्र ६

विष्णु लामिछाने
महासचिव

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574