पेसागत महासङ्घ नेपालको २६ औँ स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

२०४६ मा सम्पन्न जनआन्दोलनमा श्रमिक पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका सँगै स्थापित बहुदलिय व्यवस्थामा नेपालका श्रमजीवि पेसाकर्मीहरुले संगठन स्थापना गरेका थिए । यस अघि स्थापित संगठनहरु र नव स्थापित संगठनहरु पनि नयाँ परिवेश अनुसार संगठन विस्तारको अभियानमा थिए । जनआन्दोलन पश्चात सरकार अपेक्षाअनुसार यस्ता पेसागत संगठनहरु प्रति सकारात्मक थिएन । यस्तो परिस्थितिमा पेसागत संगठनहरु र व्यवस्थापन पक्षबीच ठूला ठूला अन्तरद्वन्दहरु सृजना भए । निजामती कर्मचारी, शिक्षक, बैङ्क कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारी लगायत अनेकौँ श्रमिक पेसाकर्मीहरुले आ–आफ्ना समस्या तथा मागहरु सरकार÷व्यवस्थापन समक्ष राखे तर ति मागहरु उपर कुनै संवोधन भएन । उल्टै पेसाकर्मीहरु माथि दमन, अत्याचार, अपमान गर्ने काम भयो । यस पृष्ठभूमिमा पेसागत क्षेत्रमा एउटा सुदृढ संस्थाको वोध भए पश्चात २०५२ साल जेठ ६ गते पेसागत ऐक्यवद्धता मञ्चको स्थापना भयो । अर्को वर्ष महासङ्घमा स्थापित भयो र पेसागत महासङ्घको रुपमा आज सम्म आईपुग्दा देशका २७ वटा राष्ट्रिय स्तरका पेसागत संगठनहरुको साझा महासङ्घको रुपमा क्रियाशिल छ ।
यस बीचमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति सम्पन्न भयो । जस्मा पेसागत महासङ्घको अत्यन्त महत्वपूर्ण भूमिका रह्यो । लोकतन्त्रको स्थापना पश्चात २०६३ बैशाख २८ गते पुनः स्थापित प्रतिनिधि सभाले निजामती, शिक्षक लगायत सवै पेसाकर्मीहरु लाई ट्रेड युनियन अधिकार स्थापित गर्ने सर्वसम्मत प्रस्ताव पारित भई सो अनुसार पेसागत महासङ्घ पनि ट्रेड युनियन महासङ्घमा दर्ता भई एउटा जिम्मेवार ट्रेड युनियन महासङ्घको रुपमा आफ्नो क्रियाशिलता जारी राखेको छ ।
पेसागत महासङ्घले जातीय आन्दोलनले लोकतन्त्रलाई नै कमजोर वनाउने षड्यन्त्र चलिरहेको वेला राष्ट्रव्यापी कार्यक्रम गरी जातीय रुपमा विभाजन गर्ने षड्यन्त्रको पर्दाफास गरेको थियो । अर्को तर्फ श्रमिक मैत्री संविधान निर्माण गर्ने र श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन निर्माण गराउनमा महत्वपूर्ण भूमिका खेलेको छ । २०७२ सालको विनासकारी भूकम्पको समयमा आफ्नो संगठनको सम्पूर्ण शक्ति परिचालन गरी भग्नाबशेष हटाउन र अस्थायी स्कुल तथा टहरा निर्माणमा महत्वपूर्ण सहयोग गरेको छ । श्रम क्षेत्रमा असल श्रम सम्वन्ध निर्माण गर्ने तथा ट्रेड युनियन आन्दोलनलाई सुसंस्कृत र विधि सम्मत रुपमा अगाडी वढाउने तथा राष्ट्र, राष्ट्रियता र पेसाकर्मीहरुको हक हितका पक्षमा जुझारु महासङ्घको रुपमा आफ्ना गतिविधिलाई नेतृत्व गर्दै आएको छ ।
अहिले नोवेल कोरोना भईरसका कारण विश्व नै सन्त्रस्त बनेको र नेपाल पनि २०७६ चैत्र ११ देखि लकडाउनको अवस्थामा छ । विश्वमा आज सम्म ४८ लाख भन्दा वढी जनामा संक्रमण देखिएको र ३ लाख भन्दा वढीको मृत्यु समेत भइसकेको छ भने नेपालमा पनि ३७५ भन्दा वढी संक्रमित र २ जनाको मृत्यु भएको अवस्था छ । हामी मृत्युवरण गरेका सवै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र संक्रमित सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । कोभिड १९ को वढ्दो संक्रमणले सम्पूर्ण श्रमजीविहरुमा अत्यन्त असहज एवं नकारात्मक असर परेको छ । देशको अर्थतन्त्रमा समेत अकल्पनीय क्षती पुगिरहेको अवस्था छ । यस विषम परिस्थितिमा आफू सुरक्षित रहने र परिवार, समाज तथा सम्पूर्ण मानवजातीको सुरक्षाका लागि आ–आफ्ना ठाउँबाट बन्दाबन्दीको पालना गर्दै यथा सम्भब भूमिका पुरा गर्नु पर्ने चुनौति हाम्रा अगाडी छन् ।
कोभिड १९ को महामारिको अवस्था हुँदा यस पटक सदा झैँ पेसागत महासङ्घ नेपालले आफ्नो स्थापना दिवस धुमधामका साथ मनाउन सकेन । यस अवस्थामा सम्पूर्ण पेसाकर्मीहरुलाई सुरक्षित रहन र सरकारद्वारा जारी निर्देशनको पालना गरी सहयोग गर्न अपिल गर्दछौँ । साथै श्रमिक पेसाकर्मीहरु माथि आइपरेको असहज परिस्थितिमा राहत पु¥याउन सरकार समक्ष आग्रह गर्दछौँ । अन्त्यमा, पेसागत महासङ्घको २६ औँ स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण अग्रजहरु तथा पेसाकर्मी सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

मितिः २०७७ जेठ ६
विश्वनाथ प्याकुरेल
अध्यक्ष

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574