पेसागत महासंघको चौथो पूर्ण बैठक
काठमाडौं । (भाद्र २८), पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक २०७४ साउन २८ गतेबाट प्रारम्भ भएको छ । साउन २८–२९ गते चल्ने उक्त बैठकमा महासंघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।सांगठनिक प्रतिवेदन, २०७४।७५ को वार्षिक कार्ययोजना प्रस्तुत, आर्थिक प्रतिवेदन तथा आगामी बजेट, लेखा परीक्षण प्रतिवेदन, घटक तथा प्रदेश तथा जिल्लागत रिपोर्टिङ, घरजग्गा विशेष अभियान, सांगठनिक सुदृढीकरण अभियान, स्थानीय तहको निर्वाचन, सदस्यता शुल्क, उपहार कार्यक्रमको समिक्षा आदि छलफलका विषयहरु तय गरी प्रारम्भ भएको बैठकको अध्यक्षता महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले गर्नुभएको थियो ।
आज प्रारम्भ भएको बैठकमा महासंघका महासचिव विष्णु लामिछानेले महासचिवको प्रतिवेदन तथा आगामी नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्याम पाण्डेद्वारा २०७३।७४ को आर्थिक प्रतिवेदन तथा २०७४।७५ को वार्षिक बजेट प्रस्तुत भएको थियो । प्रतिवेदनहरु प्रस्तुत भइसकेपछि सदस्यहरुद्वारा प्रतिवेदमाथि छलफल तथा प्रतिक्रिया प्रारम्भ भएको थियो । बैठक भोलिसम्म चल्ने महासंघले बताएको छ ।