पेशागत महासंघ नेपालको बैठक सम्पन्न,कसलेके जिम्मेवारी पाए ?

२६ भदौ । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरुसँगै विभिन्न ९ वटा विभागका प्रमुख, उपप्रमुखहरु चयन गरेको छ ।

महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा बसेको उक्त बैठकले ती विभागका सचिवहरुसँगै महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका पनि प्रमुख, उप प्रमुख तथा सचिवहरु चयन गरेको छ ।

केन्द्रीय सदस्य आरवी बोहोराले दिएको जानकारी अनुसार बैठकले सल्लाहकार समिति र नीति तथा अनुसनधान आयोगका प्रमुख तथा सदस्यहरुको पनि मनोनयन गरेको छ । बैठकले राष्ट्रिय समितिमा रिक्त रहेका ५ महिला सदस्य, एक आदिवासी–जनजाती महिला सदस्य र अन्य चार जना राष्ट्रिय समितिका सदस्यहरु सहित १० जना सदस्यहरुको पनि मनोनयन गरेको छ ।

जानकारी अनुसार प्रदेश नम्बर एकको प्रमुखमा शंकर सुवेदी र उप–प्रमुखमा राजकुमार गिरी रहेका छन् । त्यस्तै प्रदेश दुईको प्रमुखमा योगेन्द्र यादव र उप–प्रमुखमा सन्तोष कुमार सिंह छन् भने प्रदेश नम्बर तीनमा कृष्णमान श्रेष्ठ र उपप्रमुखमा रामप्रसाद रिमाल छन् । प्रदेश नम्बर चारमा दिपकराज सुवेदी, पाँचमा दिपक सुवेदी ६ मा लालवहादुर पाख्रिन र सात मा पूर्णा जोशी रहेका छन् ।

त्यसैगरी विदेश विभाग प्रमुखमा लालबहादुर पाख्रिन, प्रचार विभागमा, गम्भीरलाल श्रेष्ठ, प्र्रशिक्षण विभागमा दिपक सुबेदी, श्रम सम्बन्ध तथा कानुन विभागमा शंकर सुवेदी, संंगठन विभाग बिष्णु लामिछाने स्वरोजगार बिभाग, किशोरकुमार नेपाली, आर्थिक विभागमा श्याम प्रसाद पाण्डे, कार्यालय ब्यवस्थापन किशोर कुमार नेपाली रहेका छन् । बैठकले विभिन्न घटकका इञ्चार्जको पनि जिम्मेवारी तोकेको छ । बैठकले सल्लाहकार पनि मनोनयन गरेको छ ।

मनोनित सल्लाहकारहरुमा सुशिलचन्द्र अमात्य,प्रा. हर्षनारायण धौभडेल, प्रमोद शर्मा, केदार संजेल प्रभादेवी बज्राचार्य, डा.गोबिन्द थापा, सीताराम नेपाल, हेमनाथ पौडेल, सिताराम मास्के, टहल बहादुर खड्का, मोहन बहादुर के.सी, लेखनाथ गुरागाई, दुर्गा ओस्ती, रामकुमार वान्तवा छन् ।

राष्ट्रिय समितिको सदस्य, नीति अनुसन्धान आयोग, युवा राष्ट्रिय समिति, महिला राष्ट्रिय समितिलगायतलाई पनि पूर्णता दिएको महासचिव विष्णु लामिछानेले जानकारी दिए ।
२६ भदौ । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरुसँगै विभिन्न ९ वटा विभागका प्रमुख, उपप्रमुखहरु चयन गरेको छ ।

महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा बसेको उक्त बैठकले ती विभागका सचिवहरुसँगै महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका पनि प्रमुख, उप प्रमुख तथा सचिवहरु चयन गरेको छ ।

केन्द्रीय सदस्य आरवी बोहोराले दिएको जानकारी अनुसार बैठकले सल्लाहकार समिति र नीति तथा अनुसनधान आयोगका प्रमुख तथा सदस्यहरुको पनि मनोनयन गरेको छ । बैठकले राष्ट्रिय समितिमा रिक्त रहेका ५ महिला सदस्य, एक आदिवासी–जनजाती महिला सदस्य र अन्य चार जना राष्ट्रिय समितिका सदस्यहरु सहित १० जना सदस्यहरुको पनि मनोनयन गरेको छ ।

जानकारी अनुसार प्रदेश नम्बर एकको प्रमुखमा शंकर सुवेदी र उप–प्रमुखमा राजकुमार गिरी रहेका छन् । त्यस्तै प्रदेश दुईको प्रमुखमा योगेन्द्र यादव र उप–प्रमुखमा सन्तोष कुमार सिंह छन् भने प्रदेश नम्बर तीनमा कृष्णमान श्रेष्ठ र उपप्रमुखमा रामप्रसाद रिमाल छन् । प्रदेश नम्बर चारमा दिपकराज सुवेदी, पाँचमा दिपक सुवेदी ६ मा लालवहादुर पाख्रिन र सात मा पूर्णा जोशी रहेका छन् ।

त्यसैगरी विदेश विभाग प्रमुखमा लालबहादुर पाख्रिन, प्रचार विभागमा, गम्भीरलाल श्रेष्ठ, प्र्रशिक्षण विभागमा दिपक सुबेदी, श्रम सम्बन्ध तथा कानुन विभागमा शंकर सुवेदी, संंगठन विभाग बिष्णु लामिछाने  स्वरोजगार बिभाग, किशोरकुमार नेपाली, आर्थिक विभागमा श्याम प्रसाद पाण्डे, कार्यालय ब्यवस्थापन किशोर कुमार नेपाली रहेका छन् । बैठकले विभिन्न घटकका इञ्चार्जको पनि जिम्मेवारी तोकेको छ ।

बैठकले सल्लाहकार पनि मनोनयन गरेको छ । मनोनित सल्लाहकारहरुमा सुशिलचन्द्र अमात्य,प्रा. हर्षनारायण धौभडेल, प्रमोद शर्मा, केदार संजेल प्रभादेवी बज्राचार्य, डा.गोबिन्द थापा, सीताराम नेपाल, हेमनाथ पौडेल, सिताराम मास्के, टहल बहादुर खड्का, मोहन बहादुर के.सी, लेखनाथ गुरागाई, दुर्गा ओस्ती, रामकुमार वान्तवा छन् ।

राष्ट्रिय समितिको सदस्य, नीति अनुसन्धान आयोग, युवा राष्ट्रिय समिति, महिला राष्ट्रिय समितिलगायतलाई पनि पूर्णता दिएको महासचिव विष्णु लामिछानेले जानकारी दिए ।

Source : www.pahilonews.com

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574