पाँचौ महाधिवेशन:

२०६९ वैशाख १९–२० गते “समृद्ध नेपाल नयाँ सम्विधान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान” भन्ने मुल उद्घोषका साथ महासङ्घको पाँचौ महाधिवेशन काठमाडौँमा भव्यता पूर्वक सम्पन्न । महाधिवेशनले विश्वनाथ प्याकुरेलको अध्यक्षतामा ६६ सदस्यीय महासमिति निर्माण गरेको छ । पाँचौ महाधिवेशनले वैचारीक जगमा संगठन निर्माण गर्न जोड दिँदै संगठनको सञ्जाललाई ७५ जिल्लामा विस्तार गर्ने, जिल्ला समन्वय समितिलाई निर्वाचित इकाइ वनाउने र CBA को रुपमा स्थापित गर्ने, नयाँ क्षेत्रहरुमा संगठन विस्तार गर्ने, आर्थिक सुदृढीकरणमा जोड दिने, विदेश सम्वन्धलाई विस्तार गर्ने, असल ट्रेड युनियन संस्कृती निर्माण गर्दै ७५ जिल्लामा ट्रेड युनियन शिक्षा संचालन गर्ने आफ्नै कार्यालय भवन निर्माण गर्ने जस्ता संगठनको जिवनमा महत्व राख्ने विषय लाई जोड दिएको छ । हरेक जनप्रतिनिधि मुलक निकाय तथा नीति निर्माण गर्ने ठाउँमा श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने जस्ता विषयहरु पाँचौ महाधिवेशनका मुलभूत विषयहरु रहेका छन् ।

पाँचौ महाधिवेशनको कार्यादेश वमोजिम महासङ्घलाई अझ व्यवस्थित र सुदृढ वनाउने सन्दर्भमा संस्थागत ढंगले महासङ्घलाई अगाडी वढाउने उदेश्य सहित वार्षिक योजना तय गरी गतिविधिहरु संचालित छन् । विभिन्न १२ वटा विभागहरु गठन तथा विभागको TOR निर्माण गरी स्पष्ट जिम्मेवारीका साथ महासङ्घका गतिविधिलाई अगाडि वढाउने प्रयत्न भएको छ । आर्थिक हरहिसाव व्यवस्थित र पारदर्शी ढंगले संचालन गर्न आर्थिक निर्देशिका तयार गरी लागु गरीएको छ । यस्तै विदेश भ्रमण निर्देशिका, घरजग्गा विशेष अभियान निर्देशिका, कोनेप युथ निर्देशिका, ILO मा प्रतिनिधित्व सम्वन्धि मापदण्ड तय गर्ने जस्ता कार्यमा महासङ्घले प्रमुख रुपमा ध्यान दिदै आएको छ र महासङ्घलाई निश्चित विधिका आधारमा संचालन गर्ने पद्धतिको विकास भएको छ । दोहोरो जिम्मेवारी वाट मुक्त गरी एक ठाउँमा मात्रै जिम्मेवारी लिने र सो का आधारमा मुल्याङ्कन गर्ने परिपाटीको विकास गर्ने प्रयत्न गरिएको छ ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574