दोश्रो महाधिवेशन:
महासङ्घले आफ्नो गतिविधि लाई अगाडि वढाउँदै लाने क्रममा “शसक्त ट्रेड युनियन एकिकृत आन्दोलन, स्वतन्त्र महासङ्घ हाम्रो अभियान” भन्ने उद्घोषका साथ २०५८ भाद्र २२–२३ गते काठमाडौँमा दोश्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनले प्रा. हर्षनारायण धौभडेलकै अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय समिति निर्माण गरेको थियो । दोश्रो महाधिवेशनले पेसागत क्षेत्रमा देखिएका नीतिगत अन्योलतालाई अन्त्य गरी सार्वजनिक क्षेत्रमा ट्रेड युनियन आन्दोलन लाई अझ सशक्त ढंगले अगाडि वढाउने र महासङ्घ लाई ट्रेड युनियन महासङ्घको रुपमा विकास गर्ने फैसला गरेको थियो ।
महासङ्घको दोश्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भए लगत्तै २०५८ आश्विन १८ गते राजा ज्ञानेन्द्र वाट निर्वाचित सरकार लाई वरखास्त गरी शासन सत्ता आफ्नो हातमा लिएपछी प्रजातन्त्र वहालिका खातिर प्रतिगमनका विरुद्धमा पेसागत महासङ्घको अगुवाईमा ठुल ठुला प्रदर्शनहरु भएका थिए । २०६१ वैशाख २९ र ३० गतेको आम हडतालमा सरकारको केन्द्रिय सचिवालय सिंहदरवार देखी नेपाल राष्ट्र वैङ्कको ढुकुटी वन्द गर्ने सम्मका काममा महासङ्घले अभूतपूर्व भुमिका खेल्यो । २०६१ माघ १९ गतेको राजा ज्ञानेन्द्रको “कु” पछी नेपालको पेसागत ट्रेड युनियन आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्दै आएको नेपाल निजामती कर्मचारी संगठन माथी २०६२ असार ३० गते प्रतिवन्ध लगाइयो । उक्त प्रतिवन्धका विरुद्धमा सवै पेसागत सङ्घ संगठन लाई गोलवन्द गर्दै २०६२ श्रावण ७ गते राजा ज्ञानेन्द्रको उक्त कदमका विरुद्धमा जुलुस प्रदर्शन गर्ने काममा महासङ्घले अगुवाई ग¥यो भने उक्त कार्यका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हाल्ने मात्र होइन ILO मा समेत उक्त विषयमा मुद्धा चलाईयो । फलस्वरुप उक्त प्रतिवन्धलाई निष्कृय तुल्याई राजा ज्ञानेन्द्रलाई घुडा टेक्न वाध्य वनाएको थियो ।
शाही कदम मार्फत मोवाईल फोन माथि समेत प्रतिवन्ध लगाईयो । सो कदमका विरुद्धमा महासङ्घमा आवद्ध दुर संचार कर्मचारी सङ्घले आन्दोलनको आह्वान गरेको थियो भने अत्यन्त असहज परिस्थितिमा नेपाल वैङ्क कर्मचारी सङ्घले ट्रेड युनियनको मुद्धा उठाई सङ्घर्ष संचालन गरेको थियो ।
यसरी नै पेसागत महासङ्घले २०६२ चैत्र ११, १८ र १९ गते काठमाडाँै, पोखरा, चितवन, वाँके, रुपन्देही र मोरङमा शाही कदमका विरुद्धमा ठुल ठुला विरोघ प्रदर्शन गरेको थियो । २०६२।१२।१९ गते होटल रेडिसनमा सात राजनैतिक दल र पेसागत संगठनका प्रतिनिधिहरु वीच छलफल भई राजनितिक दलको आह्वानमा पेसागत महासङ्घ लगायतका अन्य ट्रेड युनियन महासङ्घहरुको अगुवाईमा २०६२ चैत्र २४ देखी लगातार जनआन्दोलनको ज्वार भाटा सृष्टी गर्न महत्वपूर्ण भुमिका खेलेको इतिहास ताजा छ ।
मुलुक प्रतिगमनको सिकार भएको र लोकतन्त्र, मानवअधिकार तथा ट्रेड युनियन अधिकार माथि हमला भएको अवस्थामा लोकतन्त्र मानवअधिकार तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि अगाडि वढ्न आवश्यक थियो ।