ट्रेड युनियन महासङ्घहरुको एकता संयोजन समिति

नेपाली जनताको छ दशक भन्दा वढी समय देखिको संघर्ष, त्याग र वलिदानी पूर्ण आन्दोलनवाट राजतन्त्रको अन्त्य गर्दै नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान निर्माण भई हाल कार्यान्वयनको चरणमा अगाडि वढीरहेको छ । वर्तमान परिवर्तनलाई सार्थक निष्कर्षमा पु¥याउन श्रमजीवि पेसाकर्मीहरुको (हामी ट्रेड युनियन महासङ्घ) अतुलनीय भूमिका रहेको छ ।
फरक–फरक पृष्ठभूमिवाट निर्माण, विकास र कृयाशिल हामी महासङ्घहरु सम्पूर्ण पेसाकर्मीहरुको हक हितकोलागि कृयाशिल रहेका छौँ र ट्रेड युनियन भित्र देखा परेका विकृति र विसंगतिका विरुद्ध समेत संघर्ष गर्दै आएका छौँ । ट्रेड युनियन आन्दोलनलाई अझै समुन्नत र राष्ट्रको संवृद्धिमा योगदान पु¥याउन ट्रेड युनियनहरु वीच एकता र सहकार्यको लागि समेत हामी कृयाशिल रहँदै आएका छौँ । यसै सन्दर्भमा नेपाली जनताको एकतावद्ध कम्युनिष्ट पार्टी निर्माण र सो पार्टीको नेतृत्वमा देश अगाडी वढेको हेर्ने चाहना र राष्ट्रको आवश्यकतालार्इं मनन गरी २०७४ असोज १७ गते एकिकृत कम्युनिष्ट पार्टी निर्माणकोलागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत दलहरुले गरेको घोषणाका सन्दर्भमा हामी प्रगतिशिल महासङ्घहरुले कम्युनिष्ट एकता र चुनावी वातावरण वनाउनकालागि मिति २०७४।७।१५ गते प्रज्ञा भवन कमलादी काठमाडौँमा साझा प्रतिवद्धता जारी गरेका थियौँ । सोही प्रतिवद्धताको जगमा महासङ्घहरु वीच सघन सहकार्य गर्दै एकता गरी ट्रेड युनियन आन्दोलनलाई अझै प्रभावकारी र मजवुत वनाउन हामीहरु वीच संयोजन समिति अन्तर्गतको निर्देशक समिति निर्माण गर्ने, सचिवालय वनाउने र सो सचिवालयले आवश्यक गृहकार्य गरी एकता प्रस्ताव तयार गर्ने निर्णय भयो । निर्देशक समितिमा देहाय वमोजिम पदाधिकारीहरु रहने निर्णय भयो । निर्देशक समितिको सचिवालयले आफू मातहतका संगठनहरुको संगठनात्मक एकताको कार्ययोजनाको खाका तयार गरी एकतालाई प्रभावकारी ढंगवाट निष्कर्षमा पु¥याउने निर्णय गरियो ।

निर्देशक समिति

संयोजक क विश्वनाथ प्याकुरेल

सदस्य    क प्रेमल कुमार खनाल

सदस्य क मोहनमान स्वांर

सदस्य क दयाराम वस्याल

सदस्य क गंगाराम खड्गी

सदस्य क उदया शर्मा

सदस्य क लालवहादुर पाख्रिन

सदस्य क विष्णु लामिछाने

सदस्य क प्रेम प्रसाद खनाल

सदस्य क हरि रावल

सदस्य क मधु वि सी

 

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574