कोनेप सर्कुलर– ३– राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।

मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेसाकर्मीहरुको छाता संगठन पेसागत महासङ्घ, नेपाल, राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक यहि २०७३ पौष २० र २१ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा नेकपा (एमाले) का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको विशिष्ट आतिथ्यता रहेको वैठकको प्रारम्भमा महासङ्घको मुखपत्र “सहयात्रा २०७३” विमोचन गरिएको थियो । वैठकलाई पार्टी महासचिव क ईश्वर पोखरेल र मोर्चा संगठन प्रमुख क गोकर्णराज विष्टले सम्बोधन गर्नुभएको थियो वैठकले देशको बिद्यमान परिस्थितिको समिक्षा गर्दै संबिधान कार्यान्वयनका लागि खवरदारी गर्न सम्पूर्ण पेसाकर्मीहरुमा आहवान गरेको छ । पेसागत क्षेत्रमा भएको यस बिचका घटनाहरुको समिक्षा गर्दै मुलुकको ट्रेड युनियन आन्दोलनलाई ब्यबस्थित,मर्यादित र समयानुकूल परिस्कृत गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै प्रशिक्षण तथा महासङ्घको संगठन सुदृढीकरण कार्ययोजना लार्ई अभियानको रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । महासङ्घका निर्णयहरु लाई प्रभावकारी कार्यान्वयनको लागि तहाँ प्रेषित गरिएको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

प्रेस विज्ञप्ती




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602 / Fax : 977 01 4435574